सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । यो बचत योजना बुधबार (चैत्र ७ गते)देखि लागू गरिएको बैंकले जनाएको छ ।
जनता सुरक्षा बचत खाताका विशेषताहरु
न्यूनतम निक्षेप १० हजार रुपैयाँमा खाता खोल्न सकिने ।
वार्षिक सात प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने ।
बचतकर्ताको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिएको ।
बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनुपर्दा रुएक लाख रुपैयाँसम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा पाँच हजार रुपैयाँसम्मको उपचार खर्चको बीमा गरिएको ।
बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिइएको ।
अन्य खाताहरुमा जस्तै एटिएम, एबिबिएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सिआस्वा सुविधा रहेको ।
कसरी खोल्ने खाता ?
सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयबाट जनता सुरक्षा खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । यसको लागि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ । यस बचत योजना नेको इन्स्योरेन्सको सहकार्यमा ल्याइएको हो । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेवामा हुने आकाशिँदो खर्चबाट राहत पाउनेछन् भन्ने बैंकले अपेक्षा लिएको छ ।
बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

