Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

५० प्रतिशत स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी

२०७४ चैत्र ६ गते

बैंकिङ खबर । संघीय संचरना अनुसार कायम भएका सात सय ५३ वटा स्थानीय तहमध्ये तीन सय ७४ वटा स्थानीय तहमा क वर्गका बैंकहरुले शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेश नं. १ र ३ मा सबैभन्त्दा धेरै तथा प्रदेश नं. ६ मा वाणिज्य बैंकहरुको संख्या सबैभन्दा कम रहेको छ ।

सरकारले सबै स्थानीय  तहमा वाणिज्य बैंकको शाखा पुर्याउने नीति लिएको छ । माघ मसान्तको तथ्यांकअनुसार अझैपनि आधाभन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । वाणिज्य बैंकको  शाखा नभएका स्थानीय तहको संख्या तीन सय ७९ रहेको छ । 

तथ्यांकअनुसार, प्रदेश नं. १ र ३ मा सबैभन्दा धेरै ७१ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तारित भएका छन् । यी प्रदेशमा क्रमशः १३७ र ११९ स्थानीय तह रहेका छन् । त्यस्तै, १३६ वटा स्थानीय तह रहेको प्रदेश नं. २ का ६३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् भने प्रदेश नं. ४ का ८५ मध्ये ४५ वटा स्थानीय तहमा बैंक शाखा खोलिएका छन् । त्यसैगरी, १०९ वटा स्थानीय तह भएको प्रदेश नं. ५ मा ६६, ७९ वटा स्थानीय तह रहेको प्रदेश नं. ६मा २५ र ८८ वटा स्थानीय तह भएको प्रदेश नं. ७ मा ३३ वटा बैंक शाखा संचालनमा छन् ।