Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले पायो हकप्रद जारी गर्ने अनुमति

२०७४ चैत्र ६ गते

बैंकिङ खबर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबरको चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र १ गते स्वीकृति प्रदान गरेको हो । कम्पनीले गत पुष २४ गते हकप्रद  निष्काशनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७  हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ७२ करोड १८ लाख ७५ हजार एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब एक करोड छ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।