Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

क्यास कारोबार गर्दै हुनुहुन्छ ? राष्ट्र बैंकको निगरानीमा पर्नुहोला

२०७४ चैत्र ५ गते

बैंकिङ खबर । राष्ट्र बैंकले ४८ लाख भन्दा बढी कारोबारलाई निगरानीमा राखेको छ । विभिन्न संघ संस्थाले सीमाभन्दा बढी बैंकमार्फत क्यास कारोबार गरेपछि राष्ट्र बैंकले निगरानीमा राखेको हो । ती संस्थाहरुको क्यास कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएको छानविनको दारामा परेको राष्ट्र बैंक अन्र्तगतको वित्तीय जानकारी इकाई (एफआइयु)ले जनाएको छ । 

एफआइयुले संकास्पद बैंकिङ कारोबार वृद्धि नहोस् भन्नका लागि विभिन्न संघ संस्थाहरुको आर्थिक कारोबारको सुक्षम रुपले निगरानी गर्दै आएको छ । एफआइयुले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ असार मसान्तसम्मको तथ्यांकले सीमा भन्दा बढी क्यासमा कारोबार गर्नेको संख्या बढेको देखाएको छ । सो तथ्यांकअनुसार गत असारसम्म ४७ लाख १३ हजार ५ सय ७० कारोबारहरु सीमाभन्दा बढी क्यासमा गरेको देखिएको छ । ती कारोबारहरुलाई एफआइयुले निगरानीमा राखेको छ । 

अघिल्लो वर्ष यस्तो कारोबारको सख्या ३१ लाख ९७ हजार ५ सय ३९ थियो । आइएफयुको तथ्यांकअनुसार गत असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरुको ४५ लाख ६४ हजार ४ सय १३ कारोबारहरु सीमाभन्दा बढी गरिएका छन् । अघिल्लो वषर्को सोही अवधीमा ३१ लाख ६५ हजार १ सय ३९ कारोबारहरु सीमा भन्दा बढी गरिएक एफआइयुले जनाएको छ ।  बैंक तथा वित्तिय संस्थाहरुले दैनिक प्रतिव्यक्ति १ लाख रुपैँया क्यासमा कारोबार गर्न पाउने व्यवस्था छ । सो सीमाभन्दा बढी भएमा त्यस्तो कारोबार गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई कारबाही गर्ने व्यवस्था छ । ‘सीमाभन्दा बढी कारोबार गर्ने सबै संघसंस्था कारवाहीको भागीदार हुनुपर्छ ।’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्र बैंक स्रोतका अनुसार स्पष्टीकरणका साथै ५ करोड रुपैँया सम्म जरिवानसम्मको व्यवस्था छ । त्यसैगरी,सरकारी संस्थाहरुले गत असारसम्म २४ हजार ४ सय ७५ कारोबार सीमाभन्दा बढी क्यासमा गरेका छन् । अघिल्लो वर्ष बीमा कम्पनी ५ लाख ८१ हजार ५ सय ८ वटा कारोबार सीमाभन्दा बढी भएको देखिएको छ । अघिल्लो वर्ष २१ हजार २ सय ६१ वटा कारोबारहरु सीमाभन्दा बढी गरिएका छन् । सरकारी संस्थाहरुका त्यस्ता कारोबारको संख्या ८ सय ४६ वटा छन् । त्यसैगरी, त्यस्तै,शेयर ब्रोकर कम्पनीका ६० हजार ९ सय ६१ र अन्य विभिन्न कम्पनीहरुका ५ हजार २ सय १३ वटा कारोबारहरु राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएको एफआईयुले जनाएको छ । यस्ता कारोबारमाथि एफआईयुले निगरानी गरिरहेको छ । 

आतंककारी गतिविधी र अन्य अपराधिक घटनामा प्रयोग हुने अवैद्य कारोबारलाई निर्मलीकरण गर्न गठित सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग क्रियाशील छ । एफआईयुले पनि सोही कुराको अध्ययन तथा अनसन्धान गरिरहेको छ । बैंकिङ प्रणलीबाट नगद कारोबार हुँदा अवैद्य क्रियाकलाप बढेको आशंका गर्दै राष्ट्र बैंकले गत साउन १ देखि नै १० लाख रुपैँया भन्दा बढीको कारोबार गर्न चेक मार्फत गर्नुपर्ने नियम लागु गर्यो । हरेकदिन बैंक तथा वित्तिय संस्थाहरुले १० लाख भन्दा बढीको कारोबारको स्रोत र कारोबार गर्नेको विवरण एफआईयुमा पठाउनु पर्ने व्यवस्था छ । त्यसैगरी, शेयर कारोबार गर्ने सेयर दलाल(ब्रोकर) कम्पनीहरुले पनि १० लाख रुपैँया भन्दा बढी कारोबारको विवरण सो इकाइमा बुझाउनुपर्ने व्यवस्था छ ।