एनआइसी एशिया बैंक लिमिटेडले Max Money Sdn. Bhd सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट २०७४/११/२७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौता अनुसार Max Money Sdn. Bhdको मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआइसी एशिया रेमिटमार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

