प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसिया बैंकले जितेको छ । शनिवार धनगढीमा भएको प्रतियोगितामा १८ वटा बैंक तथा वित्तीय संस्थालाइ पछि पार्दै एनआइसी एसियाले उपाधि चुम्यो । उपाधिसँगै उसले नगद १५ हजार रुपैयाँ पुरस्कार पायो भने उपविजेता बनेको सनराइज बैंकले १० हजार रुपैयाँ हासिल गर्यो । सौहार्दता र आपसि सद्भाव बढाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको हो । अधिकासं समय आफ्नै काममा व्यस्त रहने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु शनिवार दिनभर फुटबलमा रमाए । सात नम्वर प्रदेशमै पहिलो पटक फिट प्रो बेस्ट फुटसलमा आयोजना भएको प्रतियोगितालाई बैंकर्स क्लब धनगढीले आयोजना गरेको हो । बैंकर्स क्लब धनगढीले शनिवार अन्तरबैंक फुटबल प्रतियोगितालाइ धेरैले आपसि सद्भाव र बैंक तथा वित्तीय संस्थाहरुको विच सौहार्दताका रुपमा हेरेका छन् । राम खत्रीको रिपोर्ट:
खेलकुदले अन्तर बैंक सम्बन्धलाई प्रगाढ बनाउँछ
धर्म विष्ट, सनराइज बैंक, धनगढी शाखा प्रमुख
वाणिज्य र विकास बैंकहरु पनि लगाएर धनगढीमा तिस भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु छन् । बेला बेलामा भइरहने यस्ता प्रतियोगिताले सम्पुर्ण बैंकका कर्मचारीहरुमा अन्तर बैँक सम्बन्धलाइ प्रगाढ बनाउछ । बैंकहरु विच सहकार्य र सहयोगको भावनाको विकास र विस्तार गर्न खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ , जस्तो लाग्छ ।
खेलकुदले अनुसासन, भाइचारा र भातृत्व बढाउँछ
मुकुन्द भट्ट, जनता बैंक नेपाल लिमिटेड, धनगढी शाखा प्रमुख
बैंकर क्लब धनगढीले मनोरञ्जनका साथै शारिरिक रुपमा स्वस्थ्य राख्नका लागि बेला बेलामा यस्तो कार्यक्रम गर्दै आएको छ । यस अघि क्रिकेटको आयोजना गरेको थियो । खेलकुदले शारिरिक रुपमा तन्दुस्त राख्छ, यसका साथै अनुसासन, भाइचारा र भातृत्व बढाउँछ । हामि सबै स्वस्थ्य भएर काम गर्न र आपसि चिनजान , सहयोग, र समन्वयनमा यसले महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा लिएको छु ।
खेलकुदका कार्यक्रम निरन्तर रुपमा अगाडी बढाउछौँ
टेकराज भट्ट, अध्यक्ष, बैंकर्स क्लब धनगढी
बैंक तथा वित्तीय संस्थाहरुको विचमा सौहार्दता र आपसि सद्भाव बढाउनको लागि फुटसल फुडबल प्रतियोगिताको आयोजना गरिएको हो । बैंकर्स क्लबले हिजोका दिनमा पनि विभिन्न सामाजिक क्रियाकलापको आयोजना गर्दै आएको छ । यो एक प्रतिस्प्रर्धात्मक प्रतियोगिता मात्रै नभएर व्यत्तीगत र संस्थागत सम्पर्क बढाउन र आपसि सद्भाव कायम राख्न महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा गरेका छौँ । प्रतियोगितामा धनगढी आसपासका जम्मा १८ वटा बैंक तथा वित्तीय संस्थाहरुको उलेख्य सहभागिता रह्यो । आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुलाइ निरन्तर रुपमा अगाडी बढाउने लक्ष्य छ ।

