नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले एनसीसी बैंकका झण्डै एक दर्जन कर्मचारीलाई पक्राउ गरेको छ । बैंकमा १ अर्ब रुपैयाँभन्दा बढी घोटला भएको भन्दै सीआइबीले छानविनका लागि पक्राउ गरेको बताएको छ । बैंकिङ कसूर गरेको अभियोगमा शुक्रबार एनसीसी बैंकका कर्मचारीहरुलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । राष्ट्र बैंकको अनुरोधमा ती कर्मचारीहरुलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । एनसीसी बैंकसँग मर्ज भएपछि एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी र एनसीसी बैंकका कर्मचारी विच विवाद हुँदै आएको थियो । हाल एपेक्स डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीलाई पक्राउ गरिएको बताइएको छ । मर्ज पछि पनि दुवै बैंकलाई अदालतले कारोबार बिवरण छुट्टा छुट्टै राख्न आदेश दिएको थियो ।
