एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कमपनिले गत वर्षको भन्दा ३३.३३ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनिले १ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको जगेडा कोषमा १९ करोड २३ लाख रुपैयाँ र जीवन बीमाकोषमा ७ अर्ब २२ करोड ८९ लाख रुपैयाँ राखिएको छ । त्यस्तै कम्पनीको खुद आम्दानी १९.३५ प्रतिसतले बढेर ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन तथा खर्च १३.३३ प्रतिशतले बढेर १ करोड ७० लाख रुपैयाँ पुगेको छ । यही अवधिमा कम्पनिले १ अर्ब ३८ करोड ३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने ७ करोड ७१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले २ लाख १० हजार ८ सय ३८ वटा बीमा लेख जारी गरेको छ भने २ हजार १ सय ४४ वटा दाबी भुक्तानी गरेको छ ।
प्रमुख बित्तिय अनुपातहरुमा प्रति शेयर आम्दानी ४.०५ रुपैंया, मूल्य आम्दानी अनुपात ३ सय ३१ गुणा, प्रति शेयर नेटवर्थ १२८.६५ रुपैंया, प्रति शेयर कुल सम्पतिको मूल्य १२२८.७२ रुपैंया रहेको छ ।