Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

नोट कोष र यसको परिचालन (बैंकिङ जानकारी)

२०७४ चैत्र १ गते

बैंकिङ खबर । मुलुकभर नेपाली नोट सहज आपूर्तिका लागि स्थापना गरिएको कोष नोट कोष हो । यो कोष राष्ट्र बैङ्कका नोट कोष कारोबार गर्ने कार्यालय र वाणिज्य बैङ्कहरूले सञ्चालन गर्न पाउँछन् । यो कोष सञ्चालन गरेबापत वाणिज्य बैङ्कहरूले राष्ट्र बैङ्कबाट तोकिएको शुल्क प्राप्त गर्छन् । 

नोट कोषमा नोट मात्र राख्नुपर्छ । यसरी राखिएको रकम बैङ्किङ कार्यालयतर्फको नगद मौज्दात हिसाबबाट अलग हुनेगरी सेफ वा दराजमा राख्नुपर्छ । नोट कोषमा सिक्का राख्न तथा त्यसको कारोबार गर्न पाइँदैन । 

हाल नेपाल राष्ट्र बैङ्कले मुलुकभर ७५ स्थानबाट नोट कोष सुविधा प्रदान गर्दै आएको छ । राष्ट्र बैङ्कले आफ्ना सातओटा क्षेत्रीय कार्यालय, नेपाल बैङ्कका २४ ओटा शाखा र राष्ट्रिय वाणिज्य बैङ्कका ४५ ओटा शाखामार्फत नोट कोष सुविधा प्रदान गर्दै आएको छ ।