Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एकैदिन सगरमाथा इन्स्योरेन्सका नौ कार्यालय विस्तार, कहाँ कहाँ खुले ?

२०७४ चैत्र १ गते

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन नौ वटा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले छ वटा शाखा र तीन वटा उपशाखा संचालनमा ल्याएको हो । बीमा सेवाको पहुँच विस्तार गरी ग्रामीण भेगसम्म पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । 

शखा उद्घाटनको अवसरमा संचालक पद्यम ज्योतिले नेपालका सबै समुदायका जनमानसमा बीमा सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले कार्य गरी रहेको र आगामी दिनमा यसलाई व्यापक रुपमा प्रभावकारी बीमा सेवा बिस्तार गर्न कम्पनी लागी पर्ने बताए । सिमरा क्षेत्रका आम जनसमुदायका साथै यस क्षेत्रका उद्योगी व्यापारीहरुले स्थानीय रुपमा नै बीमा सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गर्दै उनले आफूमा निहित रहेको आर्थिक जोखिमलाई बीमा कम्पनीमा हस्तान्तरण गरी ढुक्कसँग आ—आफ्नो कारोबार संचालन गर्न अनुरोध गरे । 

तराई यातायात व्यावसायी संघका अध्यक्ष ओम कृष्ण कार्कीले कम्पनीको सिमरा शाखाबाट यस क्षेत्रका जनसमुदायलाई स्थानीय स्तरमा नै बीमा सेवा उपलब्ध गराउनका लागि शाखा स्थापना गराएकोमा कम्पनीप्रति धन्यवाद व्यक्त गरे । कम्पनीलाई यस क्षेत्रका सबै वर्गका जनता र आफ्नो संघले सक्दो सहयोग पुर्याउने बचनबद्धता व्यक्त गर्दै उनले कम्पनीको प्रगतिका लागि शुभकामना समेत व्यक्त गरे । 

त्यस्तै कम्पनीका प्रमुखकार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले बाराको सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा तथा चितवनको टाँडी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याई निर्जिवन बीमा सेवाको क्षेत्रमा आफ्नो व्यवसाय बिस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिए ।

कम्पनीले हालसम्म प्रधान कार्यालय सहित ४९ वटा शाखा/उपशाखा तथा एक्स्टेन्सन काउन्टर र कार्यालय मार्फत निर्जिवन बीमा सेवा प्रदान गर्दै आएकोमा अब कार्यालयको संख्या ५७ पुगेको जानकारी दिँदै उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा थप १० वटा शाखा/उपशाखा तथा एक्स्टेन्सन काउन्टर स्थापना गरी ६७ वटा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्नेे लक्ष्य लिएको जानकारी गराए । यस कम्पनीले सं३िय संरचनाअन्तर्गत रहेका सात वटै प्रदेशका ३६ वटा जिल्लाहरुमा आफ्नो कार्यालय खोलि बीमा सेवा प्रदान गरि रहेको उनले बताए ।

नेपालको बीमा क्षेत्रमा अग्रणी कम्पनीको रुपमा आफूलाई स्थापित गर्दै आएको कम्पनीले आ.व. २०७४/०७५को आठ महिनाको अवधिमा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा ३० प्रतिशतले व्यवसाय बृद्धि गर्दै एक अर्ब १३ करोड बीमाशूल्क संकलन गरी सकेको छ भने बीमा दावीतर्फ सोहीे अवधिमा कम्पनीले २७८६ वटा दावीको करिव ७८ करोड कम्पनीका ग्राहकहरुलाई दावी भुक्तानी गरेको छ ।