निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनिले गत वर्षको तुलनामा ६६.६६ प्रतिशत बढी नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले जगेडाकोषमा १३ करोड ८ लाख रुपैयाँ र बीमाकोषमा १५ करोड ४३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ६३.८८ प्रतिशत बढेर ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने खर्च ६० प्रतिशत वृद्धि भई ४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्कवापत २९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ भने गत ६ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले यस ८३ हजार ६० वटा बीमा लेख जारी गरेको छ १ हजार ७ सय ९१ वटा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी वार्षिक २४.८५ रुपैयाँ, प्रति शेयर नेटवर्थ २०१.२८ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ४३.५८ गुणा रहेको छ ।