Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बैंकिङ सेवा ३६५ दिन नै

२०७४ फाल्गुन २९ गते

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले ग्राहकहरुलाई सार्वजनिक बिदाको दिनमा समेत सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले ३६५ दिन नै बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकका ग्राहकहरुले सार्वजनिक विदाको दिन समेत बैंकिङ्ग सेवा प्राप्त गर्न पाउनेछन् । यस सेवा अन्र्तगत ग्राहकहरुले यस बैंकको जुनसुकै शाखामा रहेको खातामा रकम जम्मा गर्न र जुनसुकै शाखा कार्यालयको खातावाट रकम झिक्न सक्नेछन् । 

बैंकले पहिलो चरणमा रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क र प्यूठान जिल्लाकोे विजुवारमा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ भने भबिष्यमा अन्य शाखा कार्यालयहरुवाट समेत यो सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको बैंकको निक्षेप परिचालन १२ अर्व ४१ करोड, कर्जा लगानी ११ अर्व ३ करोड रहेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकले हाल ३२ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ भने कपिलवस्तु जिल्लाको चन्द्रौटाटामा नयाँ शाखा कार्यालय सञ्चालनको अन्तिम तयारीमा रहेकोे छ ।