Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

बैंकर्स संघको निर्णयलाई २७ बैंकको समर्थन

२०७४ फाल्गुन २७ गते

बैंकिङ खबर । संचालनमा रहेका २७ वाणिज्य बैंकहरुले बैंकर्स संघको निर्णयलाई समर्थन गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले एनआइसी एसिया बैंकसँग कुनै पनि कारोबार नगर्ने निर्णयलाई २७ वाणिज्य बैंकले सहमति जनाएका हुन् । बैंकर्स संघले आइतबार डाकेको वाणिज्य बैंकहरुको बैठकमा एनआइसी एसिया बैंकसंँग कारोबार नगर्ने गरी निर्णय गरेको हो । 

केही समयअघि बैकर्स संघले बचतको निक्षेपमा सीमा लगाउने निर्णय गरेको थियो । तर संघको निर्णयलाई एनआइसी एशियाले अबज्ञा गरेपछि सबै वाणिज्य बैंकहरुले एनआइसी एसियासँग कुनै पनि कारोबार नगर्ने निर्णय गरेको हो । बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने,‘ सबै बैंकविच भएको भद्र सहमति तोडेकाले एनआसीसँग कुनै पनि कारोबार नगर्ने निर्णय गरेका हौँ ।’ मनलाग्दी व्याज बढ्दा बैंकिङ क्षेत्रमा प्रणालीगत जोखिम बढ्छ ।  व्याजदर महंगो भएपछि उद्योगी व्यवसायाीहरुले कर्जा लिन छाड्छन् जसको असर समग्र अर्थतन्त्रमा पर्ने अध्यक्ष ढुंगानाको भनार्ई छ ।

संघले गत साता बचतमा ८ प्रतिशतसम्म र मुद्दति निक्षेपमा ११ प्रतिशतसम्म मात्रै ब्याज भद्र सहमति गरेको थियो । तर संघको सो निर्णयको अवज्ञा गर्दै एनआइसी एशिया बैंकले बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिने योजना सार्बजनिक गरेपछि बैंकर्स संघले कारवाही स्वरुपे एनआइसी एसियासँगको कारोबारमा बन्देज लगाएका थिए ।  सो निर्णय आइतबारदेखि हिजोदेखि कार्यान्वयनमा आएको छ । 
सो निर्णयपछि एनआइसी एसियाको अन्य बैंकसँगको अन्तर बैंक कारोबार प्रभावित हुने भएको छ । 

बैंकहरुबीच भएको भद्र सहमति तोड्नु समग्र अर्थतन्त्रका लागि सकारत्मक नभएको  तथा सो कदमको नतिजा एनआइसी एसियाले भोग्नुपर्ने बैंकर्स संघले जनाएको छ  । बैंकरहरुबीच भएको भद्र सहमति बैकिङ बजारलाई सन्तुलनमा राख्न मद्धत पुग्ने भएपनि एनआइसी एसियाले अवज्ञा गरेको संघको भनाई छ । तर एनआइसी एसियाले भने त्यसको विरोध गरेको छ । बैंकहरुको नियमनकारी निकाय बैंकर्स संघ नभएकाले उसको निर्णय मान्न बाध्य नहुने जनाएको छ । त्यस्तै,बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंक भएकाले हस्तक्षेप गर्नुपर्ने एनआइसी एसिया बैंकको भनाई छ ।