March 9th, 2018

प्राइम लाइफ इन्स्योरेन्सले दियो अभिकर्ता अन्तरक्रिया तथा पुनर्ताजगी तालिम         

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीले आफ्ना सक्रिय अभिकर्ताहरुका लागि अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेलको मुख्य आतिथ्यता र प्रशिक्षण तथा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा विहीबार (फागुन २४ गते)सम्पन्न भएको कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बरिष्ठ बजार प्रतिनिधिहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कम्पनीको हालको वित्तीय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नयाँ बीमा योजनाहरु, अभिकर्ता संरचना, मार्केटिङ्ग गर्ने शैलिका साथमा, उपस्थितबाट आएका जिज्ञासा मेटाउने लगायतका विषयमा केन्द्रित रही भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]