Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले दियो अभिकर्ता अन्तरक्रिया तथा पुनर्ताजगी तालिम         

२०७४ फाल्गुन २५ गते

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीले आफ्ना सक्रिय अभिकर्ताहरुका लागि अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेलको मुख्य आतिथ्यता र प्रशिक्षण तथा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा विहीबार (फागुन २४ गते)सम्पन्न भएको कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बरिष्ठ बजार प्रतिनिधिहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कम्पनीको हालको वित्तीय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नयाँ बीमा योजनाहरु, अभिकर्ता संरचना, मार्केटिङ्ग गर्ने शैलिका साथमा, उपस्थितबाट आएका जिज्ञासा मेटाउने लगायतका विषयमा केन्द्रित रही भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।