Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विश्वका अर्वपतिहरुको सूचिमा विनोद चौधरी १५६१औँ स्थानमा

२०७४ फाल्गुन २३ गते

बैंकिङ खबर । विश्वका अर्वपतिहरुको सूचिमा नेपालका उद्योगी विनोद चौधरी १५६१औँ स्थानमा पुगेका छन् । गत वर्ष १५६७औँ स्थानमा रहेका चौधरी एक वर्षमा छ स्थान माथि पुगेका हुन् । फोब्र्सले सार्वजनिक गरेको २०१८ को सूचि अनुसार चौधरीसँग एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । 

उनको सम्पत्ति गत वर्षको तुलनामा १९ अर्ब रुपैयाँले बढेको हो । फोब्र्सको सन् २०१७ को सूचि अनुसार चौधरीसँग एक अर्ब ३१ करोड अमेरिकी डलर बराबरको सम्पत्ती थियो । 

चौधरी सन् २०१३ मा पहिलो पटक फोब्र्सको अर्बपतिको सूचिमा प्रवेश गरेका थिए । त्यतिबेला उनीसँग एक अर्ब अमेरिकी डलर बराबरको सम्पत्ती थियो । पाँच वर्षको  अवधिमा चौधरीको सम्पत्ति ५० करोड अमेरिकी डलर वृद्धि भएको हो ।

फोब्र्सका अनुसार चौधरीसँग नबिल बैैंकको मुख्य सेयर, सिजी फुड अन्तर्गत वाइवाइ चाउचाउ रहेको जनाएको छ । त्यस्तै, उनीसँग विभिन्न देशमा ताज ग्रुपसँगको सहकार्यमा २९ वटा आफ्नो स्वामित्व र ७० वटा व्यवस्थापन लिएका होटल रहेका छन् ।

विश्वका अर्वपतिहरुको सूचिमा चौधरी एक मात्र नेपाली हुन् ।

Ad