Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

युनाइटेड इन्स्योरेन्सको नाफा २ करोड ३२ लाख

२०७३ बैशाख ३० गते

unitedयुनाइटेड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १८०.६६ प्रतिशतले बढाएको छ । गत आवको तेस्रो त्रैमासमा ८२ लाख रुपैयाँ मुनाफा कमाएको कम्पनिले चालू आवको सोही अवधिमा २ करोड ३२ लाख रुपैयाँँ आर्जन गरेको हो । 

जगेडाकोषमा १४ करोड ११ लाख रुपैयाँ र विमा कोषमा ८ करोड १२ लाख रुपैयाँ राखेको कम्पनीको आम्दानी १२३.४८ प्रतिशतले बढेर ४ करोड २६ लाख रुपैयाँ पुगेको छ भने खर्च ७९.५१ प्रतिशतले बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनिले विमाशुल्क (खुद) वापत २३ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा विमा शूल्कवापत कम्पनीले १७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै गत वर्ष ६ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनिले यस वर्ष १० करोड ५४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।  ४६ हजार ३ सय ७६ वटा बीमालेख जारी गरेको कम्पनीले १ हजार ४ सय १९ वटा दाबी भुक्तानी गरेको छ । 

कम्पनीको प्रति शेयर आम्दानी ९.२४ प्रतिशत रहेको छ भने मुल्य आम्दानीको अनुपात ८९.८३ प्रतिशत रहेको छ । प्रति शेयर नेटवर्थ १९०.९२ प्रतिशत रहेको छ र तरलता अनुपात ३.०२ प्रतिशत रहेको छ ।