आम्दानी ५४.५९ प्रतिशतले बढेर १० करोड ५७ लाख रुपैयाँ पुगेको कम्पनिको खर्च ४९.७६ प्रतिशतले बढेर ४ करोड १९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले जगेडा कोषमा ९ करोड ६८ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा १९ करोड ४३ लाख रुपैयाँ राखेको छ । कम्पनीले बीमा शुल्कवापत खुद ३० करोड ७३ लाख आर्जन गरेको छ भने २२ करोड ४७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले ८९ हजार ६ सय १० वटा बीमालेख जारी गरेको छ भने २ हजार २ सय ६७ वटा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३८.६५ रुपैँया, मुल्य आम्दानी अनुपात १९.२५ गुणा, प्रति शेयर नेटवोर्थ १९१.५८ रुपैँया र प्रति शेयर कुल सम्पतिको मुल्य ३९४.८० रुपैयाँ रहेको छ ।