Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्रिय बीमा कम्पनीका सेयरधनीलाई १२० प्रतिशत बोनस सेयर

२०७४ फाल्गुन १३ गते

बैंकिङ खबर । राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको १३४ औ बैठकले आर्थिक बर्ष ६८।६९ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो अनुपातमा बोनस वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।

साथै कम्पनीले ५.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस समेत वितरण गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्तापूँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।