२०७३ बैशाख २९ गते

कसलाई कति पर्यो मेरो माइक्रोफाइनान्सको आईपीओ ? (विवरणसहित)

mero microfinanceमेरो माइक्रोमाइनान्सले निष्काशन गरेको साधारण शेयर बुधबार बाँडफाँड भयो । २ लाख ३० हजार रुपैंयासम्मका आवेदकलाई गोला प्रथाबाट १० कित्ता शेयर बाँडियो भने सबैभन्दा धेरै १० लाख रुपैँयाको शेयरका लागि आवेदन दिनेले ४१ कित्ता शेयर पाए । कुल आवेदन मध्ये ४ सय ८६ वटा आवेदन रद्ध भयो । 

६ लाख १२ हजार कित्ता शेयरका लागि कुल १ लाख ८२ हजार २३ वटा आवेदन परेकोमा कर्मचारी बाहेकका ५० हजार रुपैंया भन्दा थोरैको शेयर माग्ने १ लाख ५३ हजार २८ मध्ये २२ हजार २ सय ७७ जनाले मात्र १० कित्ताका दरले शेयर पाए । त्यसै गरी ५० हजारदेखि २ लाख ३० हजार रुपैंयासम्मका कुल १९ हजार ४५ आवेदक मध्ये ८ हजार ८ सय ७९ जनाले १० कित्ताका दरले शेयर पाए । २ लाख ३० हजारदेखि माथि १० लाख रुपैंयासम्मका ९ हजार ३ सय २७ आवेदकले अनिवार्य रुपमा ०.४१ प्रतिशत शेयर पाए । 

कसले कति कित्ता पायो ?
६ करोड १२ लाख रुपैंयाको शेयरका लागि १२ अर्ब ६६ करोड रुपैंयाको आवेदन परेको थियो । धेरै आवेदन परेका कारण विगतका शेयर निष्काशनको तुलनामा यस पटक सबै आवेदकले अपेक्षा गरे भन्दा थोरै शेयर पाए । २ लाख ३० हजारसम्म गोला प्रथा गरिए पनि त्यस माथिका २ लाख ५६ हजार रुपैंयासम्मका सबै आवेदकले १० कित्ताका दरले शेयर पाए भने २ लाख ५७ हजारदेखि २ लाख ८० हजारसम्मका सबै आवेदकले ११ कित्ताका दरले शेयर पाए । 

त्यस्तै, २ लाख ९० हजारदेखि ३ लाख ५ हजारसम्मकाले १२ कित्ता, ३ लाख १० देखि ३ लाख २५ हजारसम्मकाले १३ कित्ता, ३ लाख ३० हजारदेखि ३ लाख ५१ हजारसम्मकाले १४ कित्ता, ३ लाख ५५ हजारदेखि ३ लाख ७५ हजारसम्मकाले १५ कित्ता र ३ लाख ८० हजारदेखि ४ लाख १ हजारसम्मका आवेदकले १६ कित्ता शेयर पाए । 

त्यसै गरी ४ लाख ५ देखि ४ लाख २५ हजारसम्मकाले १७ कित्ता, ४ लाख ३० हजारदेखि ४ लाख ५१ हजारसम्मकाले १८ कित्ता, ४ लाख ५३ हजारदेखि ४ लाख ७५ हजारसम्मकाले १९ कित्ता र ४ लाख ८० हजारदेखि ५ लाख रुपैंयासम्मका आवेदकले २० कित्ता शेयर पाए । 

५ लाख १ हजारदेखि ५ लाख २५ हजारसम्मका आवेदकले २१ कित्ता, ५ लाख ३० हजारदेखि ५ लाख ४५ हजारसम्मकाले २२ कित्ता, ५ लाख ५० हजारदेखि ५ लाख ७२ हजारसम्मकाले २३ कित्ता, ५ लाख ७५ हजारदेखि ५ लाख ९५ हजारसम्मकाले २४ कित्ता, ६ लाखदेखि ६ लाख २० हजारसम्मकाले २५ कित्ता र ६ लाख २४ हजारदेखि ६ लाख ४५ हजारसम्मकाले २६ कित्ता शेयर पाए । 

त्यसै गरी ६ लाख ५० हजारदेखि ६ लाख ६० हजारसम्मका आवेदकलाई २७ कित्ता, ६ लाख ७५ हजारदेखि ६ लाख ९० हजारसम्मकालाई २८ कित्ता, ७ लाखदेखि ७ लाख २० हजारसम्मकालाई २९ कित्ता, ७ लाख २५ हजारदेखि ७ लाख ३० हजारसम्मकालाई ३० कित्ता, ७ लाख ५० हजारदेखि ७ लाख ७ लाख ६० हजारसम्मकालाई ३१ कित्ता, ७ लाख ७० हजारदेखि ७ लाख ९० हजारसम्मकालाई  ३२ कित्ता, ८ लाखदेखि ८ लाख १७ हजारसम्मकालाई ३३ कित्ता र ८ लाख २० हजारदेखि ८ लाख ४० हजारसम्मकालाई ३४ कित्ता शेयर वितरण गरियो । 

८ लाख ४५ हजारदेखि ८ लाख ६५ हजारसम्म ३५ कित्ता, ८ लाख ७० देखि ८ लाख ९० हजारसम्म ३६ कित्ता, ९ लाखदेखि ९ लाख १० हजारसम्म ३७ कित्ता, ९ लाख २० हजारदेखि ९ लाख ४० हजारसम्म ३८ कित्ता, ९ लाख ५० हजारदेखि ९ लाख ६० हजारसम्म ३९ कित्ता, ९ लाख ७० हजारदेखि ९ लाख ८५ हजारसम्म ४० कित्ता र ९ लाख ९० हजारदेखि १० लाख रुपैंयासम्मका आवेदकले ४१ कित्ता शेयर पाए । 

कम्पनिको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको थियो । माइक्रोफाइनान्सले यस अघि नै ६ लाख १२ हजार कित्ता मध्येबाट ३० हजार ६ सय कित्ता शेयर ६ वटा म्युचुअल फण्डका लागि तथा २४ हजार ४ सय ८० कित्ता शेयर मेरो माइक्रोफाइनान्सका कर्मचारीका लागि सुरक्षित गरेको थियो । 

ग्लोबल आइएमई बैंकको मुख्य लगानी रहेको माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । १४ करोड १८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले ६ करोड १२ लाख रुपैंयाको शेयर निष्काशन गरेपछि चुक्ता पूँजी २० करोड रुपैंया पुग्नेछ । शेयर निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ६९.४० तथा सर्वसाधारणको ३०.६० प्रतिशत हुनेछ । माइक्रो फाइनान्सले गत आर्थिक वर्षको चैत मसान्तमा २ करोड ९९ लाख ८० हजार रुपैंया खुद नाफा कमाएकोमा यस पटक झण्डै ३ करोड रुपैंयाले खुद नाफा बढाएर ५ करोड ५३ लाख २९ हजार रुपैंया पुर्याएको छ ।