Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गरिमा विकास बैंकले सुरु गर्यो सि-आस्वा सेवा

२०७४ फाल्गुन ९ गते

गरिमा विकास बैंक लिमिटेडले सिआस्वा सेवा सुरु गरेको छ । बैंकले चल्ती तथा बचत खाता रहेका ग्राहकहरुलाई धितोपत्रको प्राथमिक निष्काशन तथा हकप्रद सेयर निष्काशन हुँदा उक्त सेयर खरिदका लागि दरखास्त दिने सि आस्वा –C-ASBA-Centralized Application for ASBA Based lssuance) सेवा सञ्चालनमा ल्याएकोे हो । 

विकास बैंकका ग्राहकहरुले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यकोमा गई मेरो सेयर सेवाको युजर आईडी र पासवर्ड लिएपश्चात् विकास बैंकमा गई आफ्नो खाताको सिआस्वा रजिष्ट्रेसन नम्बर लिएर निक्षेप सदस्यकोमा बैंक खाता नम्बर अपटेड गराएपश्चात घरमै बसेर मोबाईल तथा कम्प्युटरको प्रयोग गरी आइपिओ÷एफपिओ÷हकप्रद सेयर खरिदका लागि अनलाईन निवेदन दिने, आफ्नो डिम्याट खातामा रहेको धितोपत्रको पोर्टफोलियो हेर्ने, सेयर रोक्का फूकूवा सम्बन्धि विवरण हेर्ने लगायतका कार्यहरु गर्न सक्दछन् । 

गरिमा विकास बैंकका सम्पुर्ण ४९ वटा शाखा कार्यालयमा खाता रहेका ग्राहकहरुले यो सेवा निःशूल्क रुपमा प्रयोग गर्न सक्दछन् । 

Ad