Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपिओ आउँदै

२०७४ फाल्गुन ४ गते

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारणसभाले आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 
 
साधारणसभाले कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीमा संसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। सभाले संस्थापकका तर्फबाट अनुज क्याल, नारायण रुंगटा, किरण केसी, सशांक अग्रवाल सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । 

साधारणसभामा कम्पनीका अध्यक्ष अनुज क्यालले सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कम्पनीले पुष मसान्तसम्म १४ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ भने ३६ सयभन्दा वढी अभिकर्ता तयार पारेको छ । जनाएको छ। त्यस्तै, पुससम्ममा तीन हजार ५२ वटा बीमालेख बिक्रि गरी कूल १० करोड २७ लाख प्रिमियम संकलन गरेको कम्पनीले जनाएको छ । कम्पनीको खुद मुनाफा आठ करोड दश लाख रुपैयाँ पुगेको छ ।