बैंकिङ खबर । बैंकिङ करिअर बनाउने सोचमा हुनुहुन्छ भने यति बेला चार वटा वाणिज्य स्तरकै बैंकले कर्मचारी मागिरहेका छन् । मेगा, प्रभु, सिटिजन्स र सिभिल बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेका छन् ।
सिभिल बैंक लिमिटेड
सिभिल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ४० जना ट्रेनी एसिस्टेन्ट, आठ जना ट्रेनी, १० जना अपरेसनल एसिस्टेन्ट, आठ जना एसिस्टेन्ट रिलेसनसिप अफिसर, १५ जना अपरेसन इन्चार्ज, २० जना रिलेसनसिप मेनेजर र २५ जना ब्रान्च मेनेजर गरी एक सय २६ जना कर्मचारी मागेको हो ।
इच्छुक तथा बैंकले मागेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १८ फेब्रुअरीभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । बैंकले अनुभव नभएकाहरुलाई पनि अवसर प्रदान गरेको छ । आवेदन अनलाइनबाटै दिन सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले उपत्यका बाहिरका शाखाहरुका लागि केही संख्यामा शाखा प्रबन्धक माग गरेको छ । त्यस्तै, मानव संशाधन डिपार्टमेन्टका लागि एक जना अफिसर मागेको छ भने कानुन तथा सेयर डिपार्टमेन्टका लागि दुई जना सुपरभाइजर र तीन जना प्रशिक्षार्थी एसिस्टेन्ट माग गरिएको छ । प्रशिक्षार्थी एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव मागिएको छ । आवेदन दिने म्याद २२ फेब्रुअरी अर्थात फागुन १० गतेसम्म रहेको छ ।
प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिट्डले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले ३१ जना शाखा प्रबन्धक, ३१ जना रिलेसनसिप अफिसर/अपरेसन इन्चार्ज र केही संख्यामा टेलर/सिएसडी माग गरेको हो । टेलर/सिएसडीका लागि अनुभव मागिएको छैन । आवेदन अनलाइनबाटै दिन सकिन्छ । आवेदन बुझाउने म्याद २६ फेब्रुअरी अर्थात फागुन १४ गतेसम्म रहेको छ । थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाबाहिरका शाखाहरुका लागि केही संख्यामा शाखा प्रबन्धक मागेको छ । त्यस्तै, बैंकले विभिन्न डिपार्टका लागि अफिसर मागेको छ भने एसिस्टेन्ट लेभलका कर्मचारी पनि मागेको छ । सबै पदका लागि बैंकले अनुभव मागेको छ ।थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.megabanknepal.com/jobs/detail/10/mega-career-opportunities-14th-feb-2018