Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शाखा सञ्जालमा निजी क्षेत्रकै अब्बल बन्यो ‘एनआईसी एशिया बैंक’

२०७४ फाल्गुन ३ गते

रुपा कोइराला/विजय पराजुली । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षमा ५५ वटा शाखा विस्तार गरेको छ । शाखा विस्तारलाई नै प्राथमिकतामा राखेर अघि बढिरहेको बैंकले मुलुकभर १७३ वटा शाखा विस्तार गरिसकेको छ । एनआईसी एशिया बैंकको शाखा सञ्जाल निजी क्षेत्रका बैंकहरुमध्येकै सबैभन्दा ठूलो हो । चालू आर्थिक वर्षभित्रमा बैंकले थप एक सयको हाराहारीमा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । 

हरेक स्थानीय तहमा वाणिज्य स्तरका बैंकको शाखा पुर्याउने सरकारी योजनाअनुरुप एनआईसी एशिया बैंकले पाँच जिल्लाका पाँच स्थानीय तहमा शाखा कार्यालयहरु स्थापना गर्ने स्थापना गर्ने सहमति गरेको थियो । बैंकले झापाको झापाको कचनकवल गाउँपालिका, ताप्लेजुङको मेरिङदेन गाउँपालिका, नवलपरासीको वुलिङटार गाउँपालिका, अछामको रामारोशन गाउँपालिका र कञ्चनपुरको बेदकोट नगरपालिकामा शाखा खोल्ने जनाएको थियो । जसमध्ये, कञ्चनपूरको बेदकोट नगरपालिकामा बैंकले आफ्नो शाखा विस्तार गरिसकेको छ भने यही महिनाभित्र झापाको कचनकवल गाउँपालिका शाखा संचालनमा ल्याउने तयारी गरिरहेको बैंकले छ । 

यसबाहेक, ताप्लेजुङको मेरिङदेन गाउँपालिका, नवलपरासीको वुलिङटार गाउँपालिका र अछामको रामारोशन गाउँपालिकामा इन्टरनेट, सुरक्षा लगायतका पूर्वाधारको अभावका कारण शाखा संचालन गर्न असम्भव भएपछि यी स्थानीय तहको सट्टामा अन्य चार स्थानमा शाखा खोल्ने बैंकले जनाएको छ । जसअनुसार, बैंकले पर्साको छिपरमाई गाउँपालिका, सर्लाहीको चक्रघट्ट गाउँपालिका, रौताहटको गुजरा नगरपालिका र बाराको फेटा गाउँपालिकामा दुई महिनाभित्रमा नै शाखा संचालनमा ल्याउनेछ ।

विकट क्षेत्रमा समेत सेवा विस्तार
विकट क्षेत्रमा समेत एनआईसी एशिया बैंकले प्राथमिकताका साथ शाखा विस्तार गरि बैंकिङ पहुँच वृद्धिमा योगदान पुर्याइरहेको छ । नेपाल सरकारद्धारा अति विकट घोषणा गरिएका नौ जिल्लाहरुमध्ये सात वटामा एनआईसी एशिया बैंकको शाखा संचालनमा आइसकेका छन् । सरकारले मनाङ, डोल्पा, जुम्ला, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला गरी नौ जिल्लालाई अति विकट घोषणा गरेको छ । जसमध्ये, मनाङ र डोल्पाबाहेक सात वटै जिल्लामा एनआईसी एशिया बैंकको शाखा रहेको छ ।

Ad