Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘नेपालको सहकारी क्षेत्रमा अवैध धन छैन’ 

२०७४ माघ २६ गते

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाली सहकारी क्षेत्रमा कुनै पनि प्रकारको कालो (अवैध) धन नभएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा आज भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण’ विषयको अन्तरक्र्रियामा उनले कालो धन खुट्टामा जञ्जीर लगाएजस्तै हुने भएकाले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद र हतियारधारीको पैसा नभएको जिकिर गरे । “सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोवार हुने गरेको छ”, नेकपा (एमाले) का नेतासमेत रहेका अध्यक्ष बडालले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी शुद्धीकरणबाट सशंकित नभई थप व्यवस्थित बन्नतर्फ लाग्नुपर्ने बताए । 

सहकारी विभागका उपरजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सम्पत्ति शुद्धीकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभन्दा पनि व्यवस्थित रुपमा कारोबार गर्न सहकारीकर्मीलाई आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी बस्नेतले काठमाडौँका सहकारीमा तुलनात्मक रुपमा बढी विकृति देखिएको जनाए । रासस