Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभरका टप बैंकिङ खबरहरु

२०७४ माघ २६ गते

बैंकिङ खबर । यो साता बैंकिङ क्षेत्रमा कुनै नयाँ निर्णयहरु भएन । केही बैंकहरुले शाखा र सेवा विस्तार विस्तारलाई अघि बढाए । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्यो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले फागुन ११ गतेदेखि अनिवार्य गर्न लागिएको सिआस्वाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्यो । समग्रमा, साताभरका टप बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

सिआस्वा निःशूल्क
सिआस्वामार्फत आवेदन दिँदा कुनै शूल्क नलाग्ने र मेरो सेयरबाट आवेदन अनिवार्य नरहेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले स्पष्ट पार्यो । विहीबार पत्रकार सम्मेलन गरि कम्पनीले मेरो सेयर प्रयोग नगर्ने लगानीकर्ताले पनि सेयरमा आवेदन दिन सक्ने र यसमा कुनै अतिरिक्त शूल्क नलाग्ने जानकारी दिएको हो । सिआस्वा आगामी फागुन ११ गतेदेखि अनिवार्य रुपमा लागू हुँदैछ ।

सेबोनद्धारा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी
नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ जारी गर्यो । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत संगठित संस्थाहरुलाई नियमित तथा व्यवस्थित गर्न धितोपत्र सम्बन्धी ऐन २०६३ प्रयोग गर्दै बोर्डले निर्देशिका जारी गरेको हो ।

एनआईसी एशिया बैंकको सीआस्वा सेवा सुरु
एनआईसी एशिया बैंक लिमिटेडले सी—आस्वा सेवा सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली मार्फत आवेदन दिँदा सी—आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई समयमै सी—आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले मंगलबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

लक्ष्मी बैंकको शाखा विस्तार
लक्ष्मी बैंक लिमिटेडले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा बुधबार तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालीकामा एकै साथ आफ्नो दुई नयाँ शाखा संचालनमा ल्यायो । बैंकिङ पहुँच नपुगेका स्थानीय  तहमा शाखा खोल्न खोल्न गरेको  सहमति बमोजिम लक्ष्मी बैंकले दुई शाखा विस्तार गरेको हो । यी जिल्लाहरुमा बैकंको यीे क्रमशः दोस्रो र तेस्रो शाखाहरु हुन् ।

एलआईसी नेपालको पेन्सन बीमा योजना
”पेन्सन‘अब नो टेन्सन‘ भन्ने सन्देशकासाथ न्युनतम् ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन अक्षय–१’ नामक पेन्सन बीमा योजना बजारमा ल्याएको छ । जीवन अक्षय–१ योजना बीमा चालु हुनासाथ पेन्सन लिन मिल्ने नेपालको पहिलो र एक मात्र योजना हो । यस योजनामा विमितले शुरुबाट नै आजीवन र निजको मृत्युपश्चात पतिरपत्नीलाई पनि जीवनभर ५०५ पेन्सन सुविधा दिने प्रावधान राखिएको छ । यस योजनामा वर्तमानदर तथा विमितको उमेर अनुसार बीमाड्ढ रकममा सर्वा्धिक ११.७७५ सम्म रकम पेन्सनको रुपमा पाउन सक्नेछन् ।

सगरमाथा इन्स्योरेन्सद्धारा सबैभन्दा ठूले दाबी भुक्तानी
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बि. स. २०७२ सालमा गएको भुकम्पबाट भएको क्षतिको कारणबाट परेका दाबीहरुमध्ये सबैभन्दा ठूलो दाबीको भुक्तानी गरेको छ । काठमाण्डौंको धापासीमा रहेको बरुण डेभलपर्सद्वारा निर्माण गरिएको पार्क होराइजन एपार्टमेण्टको क्षति संबन्धी दाबीको रु.३१ करोड भुक्तानी गरेको छ । भुकम्पबाट भएको क्षतिको कारणबाट  परेका दाबीहरु मध्ये कम्पनीबाट कुनै एक बिमालेखमा गरिएको यो नै सबैभन्दा ठुलो रकमको दाबी भुक्तानी हो । योसँगै कम्पनीले भुकम्पको समयमा परेका करिब २८ सय दाबीहरु फर्छ्योट गरेको छ । 

शाखा विस्तारमा बैंकहरु
जनता बैंक नेपाल लिमिटेडले विहीबार एकै साथ पोखराको लेकसाइड र कैलालीको अत्तरीयामा दुई नयाँ शाखाहरुको उद्घाटन गर्यो । 
सिद्धार्थ बैंक लिमिटेडले बागलुङ शाखा कार्यालयको औपचारिक उद्घाटन गर्यो ।
गण्डकी विकास बैक लिमिटेडले रुपन्देही स्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकै दिन औपचारिक समुद्घाटन गर्यो । 
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले ओमसटिया गाउंपालिका–१ लखनचोकमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुरु गगर्यो ।
सिद्धार्थ बैंकले बेनी शाखा कार्यालयको औपचारिक उद्घाटन गर्यो ।

अन्य,
हिमालयन बैंक लि. र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भयो ।
महालक्ष्मी बिकास बैंक लि. महाराजगंज शाखाले माघ ११ गते बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई करिब ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गर्यो । 
सिद्धार्थ बैंकद्धारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्धावृद्धाहरुको सह्रयोगार्थ दुई लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्यो ।
सानिमा बैंकले मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई बर्षको लागि निरन्तरता दिने सम्झौता गर्यो ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भयो ।

Ad