बैंकिङ खबर । नेपालको सबैभन्दा जेठो नेपाल बैंक लिमिटेडले थप साधारण सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । बैंकले एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठ रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाँदैछ । माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
हाल नेपाल बैंकमा सरकारको ६२ प्रतिशत र बाँकीको ३८ प्रतिशत सेयर स्वामित्व रहेको छ । एफपिओ निस्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ ।
एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी नौ अर्ब ८१ करोड रुपैयाँ पुग्ने छ । प्रिमियममा आएको रकम जगेडा कोषमा बस्ने छ ।