Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नविल बैंकमा नजाने भए ‘अनिल केशरी शाह’

२०७४ माघ १७ गते

बैंकिङ खबर । नविल बैंक लिमिटेडले अनिल केशरी शाहको नियुक्ति खारेज गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शाहलाई नियुक्त गर्ने सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरेको हो । शाहलाई बैंकको प्रमुख कार्यकारीका रुपमा बैंक सञ्चालक समितिले पुस १३ गते नियुक्त गरेको थियो ।

नेपाल राष्ट्र बैंकले, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एक संस्था छोडेको ६ महिना नपुगेसम्म अर्को संस्थामा जान नपाउने व्यवस्था गरेअनुरुप शाहले जेठ २२ गतेसम्म अन्य बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर जान पाउँदैनन् । नबिल बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत शशीन जोशिले राजिनामा दिएसकेका छन् । जोशीको राजीनामा फागुन ५ गतेदेखि लागु हुने गरि स्वीकृत पनि भइसकेको छ । जेठसम्म पर्खिनका लागि राष्ट्र बैंकको अर्को निर्देशनले रोक्ने भएपछि शाहको नियुक्ति नै खारेज गरिएको बैंकले जनाएको छ । 

नविलले नियुक्त गर्नुअघि शाहलाई सेञ्चुरी कमर्सियल बैंकले नियुक्त गरेको थियो । पुस तेस्रो साताबाट नै सेञ्चुरी बैंकमा प्रमुख कार्यकारीको कार्यभार सम्हाल्ने तयारीमा रहेका शाहलाई नविलले फागुन ५ गतेदेखि नै कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको थियो । मेगा बैंकमा दुई कार्यकाल विताएका शाह त्यसअघि नविल बैंकमै थिए । अनिल केशरी शाहको करिअरको सुरुवात नै नविल बैंकबाट भएको थियो ।  

Ad