Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

झन्डै ६० करोड बराबरको हकप्रद सेयर निष्काशन सुरु

२०७४ माघ १५ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सोमबार (माघ १५ गते)देखि हकप्रद सेयर निष्काशन गरेका छन् । दुई कम्पनीले ५९ करोडभन्दा बढीको हकप्रद सेयर निष्काशन गरेका छन् । दुबै कम्पनीको सेयर फागुन २० गतेसम्म खुला रहनेछ ।

कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडले १५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । सेयरमा एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकका शाखा कार्यालयहरु, कामना सेवा विकास बैंकका केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । 

कामना सेवाले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ९४ लाख १५ हजार चार सय ७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार एक सक्ष् ५४ दशमलव ७७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले निर्दशन गरे अनुसार बैंकले दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ । यसको लागि बैंकले अझै १२ करोड ७८ लाख रुपैयाँ जुटाउनु पर्ने छ । बैंकले चालु आर्थिक वर्षमा चुक्ता पूँजी दुई अर्ब ५३ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । 

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले १० बराबर आठ दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सेयरमा पुस २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

कम्पनीले एक सय रुपैंयाँ अंकित दरमा २८ करोड ६८ लाख २२ हजार पाँच सय रुपैयाँ बराबरको २८ लाख ६८ हजार दुई सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आस्वा सेवा दिने सबै बैंक्बाट हकप्रद खरिदका लागि आवेदन दिन सकिन्छ ।

Ad