सानिमा बैंक लिमिटेडले आइतबार (माघ १४गते) पोखराको अमरसिंह, बगर र बिरौटामा तथा सोमबार (माघ १५ गते)दाङ्गको तुलसीपुरमा गरी चार वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । पोखराका शाखा कार्यालयहरुको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी)ले संयुक्त रुपमा गरे । दाङ्गको तुलसीपुर शाखा कार्यालयको समुद्घाटन् सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यज्यूले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । उनले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै अमरसिंह, बगर, बिरौटा र तुलसीपुरशाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
समुद्घाटन समारोहमा मह जोडीले पोखरामा थप शाखा संचालनमा आएकोमा पोखरावासीलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकको हाल ५१ शखा, एक एक्सटेन्सन काउन्टर र ६० ए.टि.म. रहेको छ ।