Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

विश्व हल्लाउने पाँच धनाड्य महिलाहरु

२०७४ माघ १३ गते

लिलेन बेटेनकोर्ट
फ्रान्सेली महिला लिलेन बेटेनकोर्ट ३९.५ विलियन अमेरिकी डलर सम्पत्तिको साथमा विश्वकै सबैभन्दा धनी महिला बन्न सफल भएकी छिन् । अर्वपतिहरुको समग्रमा सूचिमा भने उनी १४ नम्बरमा परेकी छिन्, जबकि २०१६ मा उनी ११ नम्बरमा थिइन् । फोब्र्सका अनुसार, एक वर्षमा उनले ३.४ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति थप गरेकी छिन् । चर्चित कस्मेटिक ब्राण्ड लरियलमा एकतिहाई स्वामित्व उनको छ । 

एलिस वाल्टन
विश्वकै दोस्रो धनी महिला एलिस वाल्टन ३३.८ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिकी मालिक हुन् । एक वर्षभित्रमा उनको सम्पत्ति १.५ विलियन अमेरिकी डलर बढेको छ । विश्वका अर्वपतिहरुको सूचिमा उनी १७औँ नम्बरमा छिन् । वाल मार्टका संस्थापक साम वाल्टनकी एकमात्र छोरी एलिसले पारिवारिक विजनेसमा सक्रिय भएर काम गरिनन्, र पनि आज उनी अमेरिकाकी सबैभन्दा धनी महिलाको रुपमा परिचित छिन् । वालमार्टमा भएको सेयरका कारण उनी यो स्थानमा पुगेकी हुन् । 

ज्याकलिन मार्स
व्यक्तिगत रुपमा परिचित नभएपनि ठूला र लोकप्रिय ब्राण्डको माध्यमबाट आफ्नो भाग्य चम्काएकी महिला हुन् ज्याकलिन मार्स । २७ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिको मालिक उनी विश्वकी तेस्री धनी महिला हुन् । उनका हजुरबुबाले विश्वकै सबैभन्दा ठूला क्याण्डीमेकर मार्स इन्कर्पोरेसनको स्थापना गरेका थिए, जुन कम्पनीको कुल सम्पत्ति अहिले २५.२ विलियन अमेरिकी डलर बराबर छ । 

मारिया फ्रान्सो फिसोलो
मारिया फ्रान्सो फिसोलो २५.२ विलियन अमेकरि डलर बराबरको सम्पत्तिकी मालिक हुन् । उनी फोब्र्सको विश्वका मअिला अर्वपतिहरुको सूचिमा चौथो नम्बरमा परेकी छिन् । आफ्ना ससुरा र श्रीमान्को चर्चित कम्पनीका कारण उनी यस स्थानमा पर्न सफल भएकी हुन् । उनका ससुराको नुटेला कम्पनी र श्रीमान् माइकल फेरेरोको फेरेरो ग्रुपले उनलाई पनि माथि पुर्यायो । 

लरेन्स पावेल जब्स
लरेन्स पावेल जब्स स्टिभ जब्सकी विधवा हुन् । २० विलियन अमेरिकी डलर बराबरको सम्पत्ति भएकी जब्सको भाग्य एप्पल र डिज्ने कम्पनीमा भएको सेयरका कारण चम्किएको हो । उनी २०१७ मा विश्वकै पाचौँ धनी महिला बन्न सफल भएकी छिन् ।