January 27th, 2018

हाइड्रोमा लगानी गर्ने अवसर : सोमबारदेखि बुटवल पावर कम्पनीको एफपिओ

बैंकिङ खबर । बुटवल पावर कम्पनी लिमिटेडले माघ १५ गतेदेखि ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक रुपैयाँ अंकित मूल्यमा चार सय एक रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता पाँच सय एक रुपैयाँका दरले एफपिओ निष्काशन गर्न लागेको हो । 

माघ १९ गतेसम्म खुला रहने सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार ४०० कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड र सह बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । 

हाल बुटवल पावर कम्पनीको सेयर पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ । प्रिमियमसहित बैंकले दुई अर्ब चार करोड ४५ लाख ८१ हजार रुपैयाँ उठाउने छ । जसमध्ये, ४० करोड ८१ लाख रुपैयाँ सेयर पुँजीमा थपिएर दुई अर्ब २१ करोड रुपैयाँ नाघ्नेछ भने बाँकी एक अर्ब ६३ करोड ६४ लाख ८१ हजार रुपैयाँ जगेडा कोषमा रहनेछ ।

अध्यक्षमा साङ्ग्रिला इनर्जीका तर्फबाट पद्म ज्योति रहेको कम्पनीको सञ्चालकहरुमा प्रदीपकुमार श्रेष्ठ, राजिब राजभण्डारी, विजयकृष्ण श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, चिरञ्जिबी चटौत, चण्डीप्रसाद श्रेष्ठ, दिवाकर वैद्य, विजयवहादुर श्रेष्ठ र सञ्जिब राजभण्डारी रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]