माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको १७ औं साधारण सभाले लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस दिन लागेको जनाएको छ ।
त्यस्तै बैंकले कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ । बैंकको उक्त सभाले बोनश सेयर वितरणपछि लगानीकर्तालाई ५० प्रतिशत अर्थात १०० कित्ता सेयर बराबर ५० कित्ताका दरले हकप्रद दिने निर्णय गरेको हो ।
बैंकको चुक्ता पुँजी हाल ३ अर्ब ३३ करोड १५ लाख चुक्ता पुँजी रहेको छ । बैकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ६२ करोड ४२ लाख खुद नाफा कमाएको छ । चैत्र मसान्तसम्म ४८ अर्ब ४३ करोड निक्षेप संकलन गरेको छ भने ४० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
पोखराबाट २०५७ सालमा बैंकिङ कारोबार शुरु गरेको बैँकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ र एटिएम संख्या ७१ रहेको छ । बैँकले ४ लाखभन्दा बढी ग्राहकलाई बैँकिङ सेवा प्रदान गरिरहेको छ ।