चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २० करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनिले गत वर्षको तुलनामा ७१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनिले १२ करोड १२ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
जगेडा कोषमा ४० करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीले आफ्नो आम्दानी ६८.१५ प्रतिशतले बढाएर ३३ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ भने खर्च पनि ६३.७५ प्रतिशतले बढेको छ । समिक्षा अबधीमा कम्पनीले कुल १ अर्ब २८ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने ८४ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीको प्रति शेयर आम्दानी ६१.४४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २६२ र मुल्य आम्दानी अनुपात ३० रहेको छ । कम्पनीले चालु आ.व. को तेस्रो त्रैमाससम्म कुल बीमा शुल्कमा ३३ प्रतिशतको वृद्धिदर हासिल गरेको छ । कम्पनीको असमाप्त जोखिम वापत व्यवस्था गत आ.व को तुलनामा ४७ प्रतिशतले वृद्धि भई ५३ करोड रुपैँया पुगेको छ ।
कम्पनीले चालु आ.व. को दोस्रो त्रैमासमा १ सय रुपैँया अकिंत दरका ५ लाख १० हजार ९ सय ८८ कित्ता साधारण शेयरहरु ६ सय ५० रुपैँयाको दरमा नयाँ निष्काशन गरेको थियो । जसबाट कम्पनीको शेयर पुँजीमा ५ करोड १० लाख ९८ हजार ८ सय रुपैँयाले वृद्धि भएको छ भने शेयर प्रिमियम खातामा २८ करोड १० लाख ४३ हजार ४ सय रुपैँया जम्मा भएको छ ।
कम्पनीको एघारौं वार्षिक साधारण सभाले निर्णय गरेबमोजिमको २४ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड ९८ लाख ९७ हजार ३ सय रुपैँया पुगेको छ । यस कम्पनी निर्जिवन बीमा क्षेत्रमा सबैभन्दा बढी चुक्ता पुँजी भएको तथा निजि क्षेत्रबाट प्रवद्र्धित बीमा कम्पनीहरुमध्ये सबै भन्दा बढी नेटवर्थ आर्जन गर्न सफल भएको छ ।