Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अब ६५ वर्षमै बृद्धभत्ता

२०७४ माघ १० गते

बैंकिङ खबर । अब ६५ वर्ष पुगेका व्यक्तिले वृद्धभत्ता पाउने भएका छन् । बुधबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता वितरणका लागि नयाँ उमेर निर्धारण गरेको हो । यसअघि ७० वर्षे पुगेरपछि मात्रै बृद्धभत्ता दिने गरिएको थियो । नेपालमा बृद्धभत्ता दिने निर्णय पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । 

यस्तै सरकारले भूकम्प तथा बाढी पीडितको लागि दिने अनुदान रकम १ लाख रुपैयाँले बढाउने निर्णय  पनिगरेको छ । यसअघि भूकम्प पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय गरिएकोमा अब एक लाख थपेर चार लाख पुर्याइएको हो ।