सिभिल बैंकले सस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिवर्तन गरेको छ । सोमबार नेपाल स्टक एक्स्चेन्जले सिभिल बैंकको १९ प्रतिशत सस्थापक सेयरको समूह परिवर्तन भएको जानकारी गराएको हो । सस्थापक समूहमा ७० प्रतिशत शेयर रहेका सस्थाहरुको १९ प्रतिशतसम्म सर्वसाधारण समूहमा परिवर्तन गर्न पाउने व्यवस्था छ । यो शेयरको समूह परिवर्तन पछि बैंकमा सस्थापकको ५१ र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत भएको छ ।
यस अघि नै धेरै बाणिज्य बैंकले यस्तो शेयर परिवर्तन गरिसकेका छन् । मर्जर प्रक्रियामा रहेको कारण अहिले सिभिलको शेयर कारोबार रोक्का छ ।