January 22nd, 2018

नेको इन्स्योरेन्सको हकप्रद माघ २६ गतेदेखि

बैंकिङ खबर । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २६ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । चैत १ गतेसम्म खुला रहने सेयरमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् । 

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार नौ सय २८ कित्ता सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय बाट हकप्रद सेयरका लागि आवेदन दिने पाइनेछ ।