सनराइज बैंक लिमिटेडले आईतबार आफ्नो तीनवटा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाँकेको नरैनापुरमा एक समारोहका बीच नयाँ शाखाहरुको उद्घाटन गरेको हो ।
विन्दवासिनी गाउँपालिकाका अध्यक्ष लाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा, मौवाखोला गाउँपालिका अध्यक्ष राज कुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले मौवाखोला शाखा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगञ्जका संचालक गुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे ।