प्रभु बैंक लिमिटेडले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहकाविच बैंकको शान्तीपुर शाखा कार्यालयको उद्घाटन गरे । हालसम्म कुनै पनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंक लिमिटेडले पहिलो पटक शाखाकार्यालय सञ्चालनमा ल्याएको हो ।