बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले शुक्रबार दश अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरी उक्त रकम उपलब्ध गराउन लागेको हो । यसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ । यसले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको अवस्थालाई सहज बनाउने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।