January 17th, 2018

४४ प्रतिशत स्थानीय तहमा पुगे वाणिज्य बैंक

बैंकिङ खबर । संघीयता कार्यान्वयनको क्रममा गठन भएका ४४ प्रतिशत स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिती पुगेको छ । कुल ७५३ स्थानीय तहमध्ये ३३२ वटा स्थानीय तहमा वाणिज्य बैंकहरु पुगेका हुन् । नेपाल राष्ट्र बैंकद्धारा बुधबार जारी गरिएको रिपोर्टमा यस्तो देखिएको हो । यो मंसिर मसान्तसम्मको तथ्यांक हो । 

बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु भएपश्चात् २०७४ मंसिर मसान्तसम्म कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएको केन्द्रीय बैंकको तथ्यांक छ । जसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् ।