Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सय र हजार दरको ‘विशेष सिक्का’ निष्काशन गर्दै राष्ट्र बैंक

२०७४ माघ २ गते

बैंकिङ खबर । त्रिचन्द्र कलेज १०० बर्ष पुरा भएको नेपाल राष्ट्र बैंकले उपलक्ष्यमा विशेष सिक्का निष्काशन गर्ने भएको छ । मुलुककै पुरानो कलेज १०० बर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले सिक्का निष्काशनका लागि अनुरोध गरेपछि राष्ट्र बैंकको सञ्चालक समितिले १०० र १००० रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो । दुबै सिक्का ३।३ हजार थान निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।
 
१०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुने छ भने १००० रुपैयाँ दरको चाँदीको हुने छ । सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको विल्डिङको प्रतिमा हुने छ । सिक्कामा निष्काशन भएको मिति २०७४ पनि उल्लेख हुने छ ।