Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भातृत्व विकास सहकारीले १५ प्रतिशत लाभांश वितरण गर्ने

२०७४ माघ १ गते

बैंकिङ खबर । भातृत्व विकास बचत तथा ऋण सहकारी संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने गर्ने भएको छ । संस्थाको पौष २९ गते सम्पन्न आठौँ वार्षिक साधारणसभाले आफ्ना सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभामा संस्थाका लेखा संयोजक यज्ञ क्षेत्रीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष जीत नारायण डंगोलले आर्थिक वर्ष २०७३।७४को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रतिबेदन अनुसार हाल संस्थाको सेयर पुजी ६० लाख ५२ हजार नौ सय ५२ रुपैयाँ रहेको छ भने बचत संकलन सात करोड सात लाख ३४ हजार सात सय ५२ रुपैयाँ ४८ पैसा रहेको छ । आर्थिक वर्ष २०७३।७४ मा संस्थाले १८ लाख ५८ हजार ८६ रुपैयाँ ६४ पैसा खुद मुनाफा आर्जन गरेको थियो । 

संस्थाले विभिन्न ब्यापार ब्यवसायको लागि ऋण लगानी गर्नुको साथै वातावरण प्रदुषण नियन्त्रण एवम् स्वोरोजगार प्रवर्द्धनको निमित्त सफा टेम्पोमा पनि लगानी गर्दै आएको छ ।