जलविद्युत् लगानी तथा विकास कम्पनीले वैशाख २७ बाट साधारण शेयरको प्रमाणपत्र वितरण सुरु गरेको छ । । शेयर निष्काशन गरेको झण्डै सात महिनापछि प्रमाणपत्र वितरण गर्न लागेको कम्पनीले प्रमाणपत्र नै वितरण गर्ने भएपछि शेयर डिम्याट खातामा भने नआउने भएको छ । शेयर प्रमाणपत्र लिन शेयर बाँडफाँडको पत्र तथा नगरिकताको प्रतिलिपी सहित आवेदन दिइएको स्थानमा नै जानु पर्ने कम्पनीले जनाएको छ ।
८ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले १० अर्ब चुक्ता पूँजी पुर्याउनका लागि २ अर्ब रुपैयाँको साधारण सेयर कम्पनीले कात्तिक १२ गतेदेखि १९ गतेसम्म निष्काशन गरेको थियो । जसमा साढे २१ गुणा बढि अर्थात ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो । कम्पनीको सेयरमा ३ लाख ४ हजार ६ सय ५२ जनाले सेयरमा आवेदन दिएकोमा ५ सय ३४ जना बाहेक सबैले शेयर पाएका थिए । साना लगानीकर्ताले ११.४० प्रतिशतसम्म शेयर पाएका थिए भने ठूला लगानीकर्ताले २.९ प्रतिशत पाएका थिए । जसअनुसार न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका थिए । ९० देखि ५ सय कित्तासम्म भर्नेले ११.४ प्रतिशतका दरले र सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेले २.९ प्रतिशतका दरले सेयर पाएका थिए ।