Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जलविद्युत् लगानी तथा विकास कम्पनिको साधारण शेयरको प्रमाणपत्र वितरण सुरु

२०७३ बैशाख २७ गते

hidcजलविद्युत् लगानी तथा विकास कम्पनीले वैशाख २७ बाट साधारण शेयरको प्रमाणपत्र वितरण सुरु गरेको छ । । शेयर निष्काशन गरेको झण्डै सात महिनापछि प्रमाणपत्र वितरण गर्न लागेको कम्पनीले प्रमाणपत्र नै वितरण गर्ने भएपछि शेयर डिम्याट खातामा भने नआउने भएको छ । शेयर प्रमाणपत्र लिन शेयर बाँडफाँडको पत्र तथा नगरिकताको प्रतिलिपी सहित आवेदन दिइएको स्थानमा नै जानु पर्ने कम्पनीले जनाएको छ ।
  
८ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले १० अर्ब चुक्ता पूँजी पुर्याउनका लागि २ अर्ब रुपैयाँको साधारण सेयर  कम्पनीले कात्तिक १२ गतेदेखि १९ गतेसम्म निष्काशन गरेको थियो । जसमा साढे २१ गुणा बढि अर्थात ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो । कम्पनीको सेयरमा ३ लाख  ४ हजार ६ सय ५२ जनाले सेयरमा आवेदन दिएकोमा ५ सय ३४ जना बाहेक सबैले शेयर पाएका थिए । साना लगानीकर्ताले ११.४० प्रतिशतसम्म शेयर पाएका थिए भने ठूला लगानीकर्ताले २.९ प्रतिशत पाएका थिए । जसअनुसार न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका थिए । ९० देखि ५ सय कित्तासम्म भर्नेले ११.४ प्रतिशतका दरले र सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेले २.९ प्रतिशतका दरले सेयर पाएका थिए ।