ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सात दिनमा सात शाखा विस्तार गरेको छ । जीवन बीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन शाखा संजाल विस्तारलाई प्राथमिकतामा राखी कम्पनीले विगत सात दिनभित्र मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा र बर्दघाट गरी सात वटा नयाँ शाखा÷उपशाखा स्थापना गरि सेवा शुभारम्भ गरेको हो ।
यी शाखा शाखाहरु संचालनमा ल्याएसँगै ज्योति लाइफ इन्स्योरेन्सको शाखा संख्या ३३ पुगेको छ । यी शाखा संजालबाहेक इच्छुक व्यक्तिले बैंकासुरेन्स सम्झौता अनुरुप एनएमबि बैंक लि.का ९० भन्दा बढी शाखा संजालबाट समेत यस कम्पनीले जारी गरेका बीमा योजना खरिद गर्न सक्नेछन् ।