बैंकिङ खबर । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्ने अन्तिम प्रक्रियामा रहेको मेगा बैंक नेपाल लिमिटेडले मर्जरअघि नै राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापँजी पुर्याउने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिएर आठ अर्ब चुक्तपुँजी पुर्याउन लागेको हो ।
बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले ६५ प्रतिशत हकप्रद जारी गरेपछि कायम चुक्तापुँजीको ९.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । हाल मेगा बैंकको चुक्तापुँजी सात अर्ब ३७ करोड ६७ लाख ४२ हजार पाँच सय २० रुपैयाँ रहेको छ । उक्त पुँजीको ९.४५ प्रतिशतले हुने ६९ करोड ७१ लाख दुई हजार एक सय ६८ रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ ।
बैंक संचालक समितिद्धारा प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।