January 8th, 2018

४० लाख रकम हिनामिना गरेको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

बैंकिङ खबर । बैंकको रकम दुरुपयोग गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो । डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ । उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ ।