एक अर्ब रुपैयाँको सिटिजन्स म्युचुअल फण्ड माघ २ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले माघ २ गतेदेखि १० करोड इकाइ निष्काशन गर्नेछ । १० करोडमध्ये डेढ करोड कोष प्रवर्द्धक सिटिजन बैंक इन्टरनेशनलले पाउनेछ भने बाँकी साढे ८ करोड इकाइ सर्वसाधरणका लागि निष्काशन हुनेछ ।
दरखास्त दिँदा न्यूनतम एक सय इकाई तथा अधिकतम २० लाख इकाई सम्म आवेदन दिन पाउने निष्काशन तथा बिक्री प्रवन्धक सिविआईएल क्यापिटलले जनाएको छ । दरखास्त आवेदन नेपाल धितोपत्र बोर्डबाट आश्वा सुविधा पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट दिन पाइनेछ । छिटोमा माघ १० गते तथा ढिलोमा १७ गतेसम्म बिक्री खुल्ला गर्ने कम्पनीले जनाएको छ ।
फण्डले इक्रा नेपालबाट योजना व्यवस्थापकको रेटिङ एमसी क्वालिटि ३ र कोष प्रवर्द्धकको रेटिङ विविवि प्लस रहेको छ। योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा नाफा वितरण गर्ने जानकारी दिएको छ ।