प्रविष्टि परामर्श तथा सेवा प्रा.लिले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई विदेशी मुद्रा विनिमय तथा व्यवस्थापन सम्बन्धि एकदिने तालिम प्रदान गरेको छ । बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई विदेशी मुद्रा विनिमय तथा व्यवस्थापन सम्बन्धि ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
बैंकमा कार्र्यरत कर्मचारीहरुले भोग्दै आएका व्यवहारिक समस्याको समाधान गर्ने उद्देश्य तालिमको आयोजना गरिएको थियो । तालिममा कर्मसियल बैंक, विकास बैंक र वित्त कम्पनीहरुबाट ३५ जना भन्दा बढी बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । बैैंकिङ क्षेत्र तथा देशको आर्थिक अवस्थालाई सुदृढ बनाउने उद्देश्यले पूर्व डेपुटी गर्भनर तथा बैंकरहरुले स्थापना गरेको प्रविष्टि परामर्श तथा सेवा प्रा.लिले देशको बैंकिङ प्रणालीलाई थप मजवुद र अन्र्तराष्ट्रिय स्तरको क्षेत्र बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रविष्टि परामर्श संस्थाका अध्यक्ष तथा पूर्व डेपुटी गर्भनर गोपाल काफ्लले यस्तोे तालिमले बैंकमा काम गर्ने कर्मचारीहरुको क्षमता विकासका साथै विदेशी मुद्रा विनिमयको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो तालिमको महत्व तथा आवश्यकतालाई मनन् गरि यो तालिम आयोजना गरिएको जानकारी काफ्लले गराए । त्यस्तै राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा संस्थाका संञ्चालक पर्वत कार्कीले बैंक तथा वित्तीय संस्थाबाट यस्तो तालिमको माग गरिएकाले तालिम आयोजना गरिएको बताए ।
तालिमको पहिलो चरणमा श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट बैैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना रहेका थिए । तालिमको दोश्रो चरणमा नेपाल राष्ट्र बैंकका निर्देशक बमबहादर मिश्र श्रोत व्यक्तिको रुपमा रहेका थिए । तालिमको अन्तिममा कर्मचारीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।