January 4th, 2018

मुक्तिनाथ विकास बैंक १२ बर्षमा प्रवेश, २० प्रतिशत बोनश शेयर पारित 

मुक्तिनाथ विकास बैंकले आफ्नो ११ औं बार्षिक साधारणसभा पोखरामा सम्पन्न गरेको छ । उक्त साधारण सभामा बैंकको सेवामा १० वर्ष पूरा गर्नु हुने ८ जनालाई र कार्यालयमा निरन्तर हाजिरीको आधारमा ४ जनालाई सम्मान गरियो । त्यसका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको फिर्के बुँलौदी सरसफाई अभियान तथा काठमाण्डौंमा बागमती सरसफाई अभियानमा सक्रिय रुपमा निरन्तर लाग्नु हुने ७ जना कर्मचारीहरुलाई पनि सम्मान गरियो । उक्त साधारण सभाबाट चुक्ता पुँजीको २० प्रतिशतले बोनश सेयर पनि पारित गरेको छ । 

 चिप वेसमा आधारित भिसा कार्ड सुचारु
बैंकको बार्षिकोत्सवकै अवसरमा आफ्ना ग्राहकहरुको लागि सजिलो र कुशल सेवालाई मध्यनजर गदै बैंकले चिप बेसमा आधारित भिसा डेबिट कार्ड सुचारु गरेको छ । स्वदेश तथा विदेशका लागि ल्याईएको उक्त भिसा डेबिट कार्ड अन्तर्गत स्वदेशी भिसा डेबिट कार्ड मार्फत नेपाल तथा भारतमा रहेका पीओएस मेशिन भएको सबै स्थानबाट रकम निकाल्न सकिने छ भने विदेशका लागि ल्याईएको कार्ड मार्फत नेपाल र भारत बाहेकका विश्वका अन्य मुलुकबाट सेवा लिन सकिने भएको छ । 

विविध सामाजिक कार्यक्रम सम्पन्न 
“जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ” भन्ने मूल मर्मका साथ मिति २०६३ पौष १९ गते स्थापना भएको मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाकालको ११ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १२ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा बैंकद्वारा आफ्नो केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरु मार्फत विभिन्न किसिमका संस्थागत सामाजिक उत्तरदायित्का कार्यक्रमहरु गरी मनाईएको जनाएको छ । बैंकले आफ्नो क्षेत्रीय कार्यालय पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा एक सय सो¥ह यूनिट रगत संकलन गरिएको जानकारी रक्त संचार केन्द्र रामघाटले जनाएको छ । त्यसैगरी बैंकले समेरु हस्पिटल प्रा.लि को सहकार्य तथा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको समन्वय तथा सहकार्यमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास विकास समितिको हलमा मधुमेह, मृगौला तथा हाडजोर्नी सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो शिविरबाट ४ सय ३० जनाले प्रत्यक्ष लाभ उठाएका छन् । कार्यक्रममा सुमेरु हस्पिटल प्रा.लि का प्रशासन प्रमुख दिनेश आचार्य, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका महानिर्देशक तेजेन्द्र प्रसाद पौडेल र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाका अध्यक्ष भरत खतिवडा लगायतको सक्रिय सहभागिता रहेको थियो ।


वार्षिकोत्सवकै अवसरमा पाल्पा तानसेन मार्फत सिर्जनशिल अपाङ्ग स्वाबलम्बन केन्द्रका दृष्टी बिहीनहरुको लागि ५००० ब्रेल पेपर, १० पिस स्लेट, १० पिस स्काईलक, ६ पिस स्टिक तथा बीरगञ्ज शाखा मार्फत बीरगंजको मानवसेवा आश्रममा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण, बुटबल  अनाथ अपाङ्ग आश्रममा न्यानो कपडा वितरण गरियो । सोही अवसरमा बेनीघाटको बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यान्न तथा न्यानो कपडा, भैरहवाको सिद्धार्थ बालगृहमा खाद्यान्न वितरण, दुलेगौढाको अनाथाश्रममा न्यानो कपडा वितरण गरियो भने डुम्रेमा पबित्रा मा.वि शिशु कक्षा देखि ३ कक्षासम्मका स्कुलका बच्चाहरुलाई स्कुलको झोला वितरण गरिएको छ । त्यसका साथै दमौली मार्फत राष्ट्रिय परोपकार केन्द्रमा आवश्यक पर्ने फर्निचर प्रदान गरिएको छ । 


साथै स्याङ्गजाको वालिङ्ग न.पा.वडा नं.९ भुम्रे स्थित भुम्रे मा.वि.मा आज एक समारोहका बिच बैंकले भौतिक सामग्री र कपडा वितरण गरेको छ । बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गल्याङ्ग शाखाद्धारा आयोजित उक्त कार्यक्रममा विद्यालयको लागी खानेपानीको ट्याङ्गकी र फरक क्षमता भएका ११ जना विद्यार्थीको लागी ज्याकेट जुत्ता सहित एक सेट कपडा र आयाको लागी कपडा वितरण गरेको हो । वालिङ्ग उद्योग वाणिज्य सँघका अध्यक्ष शोभाकान्त पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि वालिङ्ग नगरपालिकाका अधिकृत पदम प्रसाद पाण्डे रहनुभएको थियो । यस्तै नारायणगढमा देवघाट समाज कल्याण केन्द्र नामक बृद्धा आश्रममा रहेका ३० जना बृद्धबृद्धाहरुलाइ न्यानो जुत्ता तथा खाद्यान्न वितरण गरिएको छ । नारायणगढ शाखाका शााखा प्रमुख अशोक पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देबघाट गाँऊ पालिका वडा नं ५ का वडा अध्यक्ष यल बहादुर गुरुङ्ग तथा उक्त गाँऊपालिकाका कार्यकारी प्रमुख रमेश सुवेदी तथा स्थानीय समाज सेवी तथा पत्रकारहरुको उपस्थिती रहको थियो ।