January 2nd, 2018

२० प्रतिशत बोनस सेयर बाँडेर पुँजी पुर्याउँदै ‘कृषि विकास बैंक’

बैंकिङ खबर । कृषि विकास बैंक लिमिटेडले बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ६७३ औं बैठकले उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

हाल कृषि विकास बैंक बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ७६ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुग्नेछ । 

कृषि विकास बैंकमा रहेको सरकारको अग्राधिकार पूँजी पाँच अर्ब ४३ करोड २७ लाख रूपैयाँको छ प्रतिशत बराबरको तीन करोड २५ लाख ९६ हजार रुपैयाँ नगद लाभांश समेत सरकारलाई प्रदान गर्ने निर्णय बैंक संचालक समितिले गरेको छ ।